एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको तालमेल घोषणा


 


काठमाडौँ, असोज १७
एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्पसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने सहमतिको घोषणा भएको छ ।

आज राष्ट्रिय सभागृहमा आयोेजित पत्रकार सम्मेलनमा तीनै दलका अध्यक्षहरु क्रमशः केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन तथा राष्ट्रिय स्वाभिमान र स्वाधीनतालाई माथि उठाउन लक्ष्यसहित एकीकरणको अभियान शुरु भएको नेताहरुले उद्घोष गर्नुभयो ।

चुनावी तालमेलको सहमतिअनुसार नयाँ शक्ति र अन्य आउन सक्ने देशभक्त प्रगतिशील शक्तिलाई दिएर बाँकी रहेको प्रत्यक्षतर्फको स्थानमा ६० प्रतिशत एमाले र ४० प्रतिशतमा माओवादी केन्द्रलाई बाँडफाँड गरिनेछ ।

सकेसम्म एउटै निर्वाचन चिह्नमा लड्ने र प्राविधिक समस्या भएमा आफ्नो निर्वाचन चिह्नमा तालमेल गरेर निर्वाचनमा जाने सहमति यी दलबीच भएको छ ।

प्रकाशित मिति: १७ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्