फेरि सर्यो कांग्रेसको जिल्ला र क्षेत्रको अधिवेशन


 


काठमाडौं, साउन १६

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले भदौ १ देखि सुरु गर्ने भनिएको अधिवेशन भदौ १७ गते गर्ने गरी सारिएको छ ।  यो सँगै अब गाउँदेखि जिल्ला अधिवेशनको मिति सरेको हाे ।

केन्द्रीय समिति बैठकले भदौ १ गतेका लागि तय भएको अधिवेशन भदौ १७ गते र भदौ सात गतेका लागि तय भएको क्षेत्रीय अधिवेशन भदौ २२ गते र जिल्ला अधिवेशन भदौ २५ गते गर्ने गरी कार्यतालिका परिवर्तन गरिएको हो । यसअघि कांग्रेस केन्द्रीय समितिले दोस्रो पटक तय गरेको कार्यतालिका अनुसार क्षेत्रीय अधिवेशन भदौ ७ र जिल्ला अधिवेशन भदौ १० गते गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय महाधिवेशनको मिति भने परिवर्तन गरिएको छैन । १३ महाधिवेशन असोज २ देखि ५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । त्यसभन्दा अगाडि कांग्रेस केन्द्रीय समितिले भदौ २४ देखि काठमाडौंमा गर्ने कार्यतालिका परिमार्जन गरेको थियो ।

प्रकाशित मिति: १६ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्