तपाईको आजको राशिफल हेर्नुहोस्

आज मिति २०७४ साल असोज २० गते शुक्रबार । तद्नुसार, इश्वी संवत सन् २०१७ अक्टोबर ६ तारिख । नेपाल संवत ११३७ कौलागा । कार्तिक कृष्णपक्ष, प्रतिपदा तिथि २२ः५५ बजेउप्रान्त द्धितिया तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल
मेष
मित्रहरुको साथ सहयोग पाउनुहुनेछ । परिवारबाट टाढिनु पर्ने देखिन्छ । आय आर्जनमा सफलता मिल्नेछ । तपाईको कुरा काट्नेहरु पनि देखिनेछन् ।
वृष
आज लगानी गरेको ठाउँमा सफलता मिल्ने देखिन्छ । दाम्पत्य जीवन आज खटपट हुने सम्भावना छ । कतै टाढाको यात्रामा निस्कनु पर्न सक्छ ।
मिथुन
अध्ययनमा सफलता मिल्नेछ । आज तपाईले पतिष्ठा कमाउने योग छ । गरेको कामको उचित मूल्यांकन होला ।
कर्कट
फजुल खर्च बढ्ने देखिन्छ । कृषि कर्मबाट राम्रो आम्दानी हुनेछ । जोश जाँगर बढ्नेछ । पुराना समस्याहरु बल्झिन सक्छन् । साथीभाइको
सहयोगलाई बेवास्ता नगर्नुहोला ।
सिंह
पारिवारिक सम्बन्धमा सुधार आउने देखिन्छ । साथीहरुसँग भेटघाट हुनेछ । मनमा प्रशन्नता छाउला । धन आर्जन गर्ने योेग देखिन्छ ।
कन्या
सोचेका कामहरु बन्नुका साथै नयाँ अवसर प्राप्त हुने योग देखिन्छ । पुराना बाँकी रहेका कामहरु बन्ने देखिन्छन् । आकस्मिक कतैको यात्रा हुन सक्छ ।
तुला
आज नाम र दाम कमाउने दिन देखिन्छ । नयाँ काम सुरुवात गर्दा लाभ हुने देखिन्छ । आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । साथीभाइले साथ सहयोग दिने देखिन्छ ।
वृश्चिक
बोलीको प्रभाव बढ्ने छ । प्रशंसकहरु बढ्नेछन् । प्रशस्त धन लाभ होला । अध्ययनमा सफलता मिल्नेछ । धेरैले तपाइको तारिफ गर्ने देखिन्छ ।
धनु
परिवारबाट साथ सहयोग पाउनुहुनेछ । व्यवसायबाट सन्तुष्टि मिल्ने देखिन्छ । साथीभाइको सहयोगमा मन प्रफुल्ल होला । नयाँ रोजगारी पाउन सक्नु हुनेछ ।
मकर
बिग्रेको स्वास्थ्यमा सुधार आउनेछ । व्यवसायबाट मनग्य आम्दानी होला । सोचेका योजनाहरुले सार्थकता पाउनेछन् । मनमा उमंग छाउने छ ।
कुम्भ
सामाजिक कार्य उत्प्रेरणा मिल्नेछ । कतै यात्रा हुन पनि सक्छ । खानपिनमा विशेष ध्यान दिनुहोला । घरपरिवारमा खुसी छाउला ।
मीन
सामाजिक मान सम्मान पाइएला । नोकरीमा बढुवा हुन सक्छ । बोलिको प्रभाव बढ्ने देखिन्छ । नयाँ काम गर्ने अवसर आउन सक्छ ।
प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार