नरेन्द्र मोदीको नेपाल भ्रमण रोकियो



काठमाडौं, असोज २०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ ।
नेपालमा अप्रत्याशित रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएका हुन् ।

एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकता गर्ने घोषणासँगै शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन हुन सक्ने चर्चाबीच मोदी र सिरिसेनाको भ्रमण प्रभावित भएको सरकारी स्रोतले जनाएको छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग बुधबार राति १५ मिनेट भेटवार्ता गरेका थिए । भेटमा मोदीको प्रस्तावित भ्रमण र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

मोदीको नेपाल भ्रमण तत्कालका लागि ‘होल्डमा राखौ भन्ने प्रस्ताव भारतीय विदेशमन्त्री स्वराजले गरेकी थिइन् । स्वराजले नेपालमा वामपन्थी शक्तिबीच एकता प्रयास र निर्वाचनमा तालमेलबारे पनि चासो राखेको आजको अन्नपूर्णपोष्ष्टमा खबर छ ।

बिहीबार बिहान काठमाडौं आएका राजदूत उपाध्यायले पछिल्लो राजनीतिक घटनाक्रमका कारण मोदीको भ्रमण तत्काल नहुने पुष्टि गरे । यो पोलिटिकल टम्र्बाइलको अवस्थामा भ्रमण गर्न गाह्रो छ । भविष्यमा कुनै समयमा मोदीको भ्रमण होला उनले भने ।

मोदी अरुण तेस्रो जलविद्युत् परियोजना शिलान्यासका लागि यही असोज २८ गते नेपाल आउने तयारी भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News