लामखुट्टेको टोकाइबाट एक जना मृत्यु


 


सुरुङ्गा (झापा), साउन १६

क्यूलेक्स नामको लामखुट्टे (सेतो मच्छड)को टोकाइबाट झापामा एक महिलाको शनिबार मृत्यु भएको छ।  झापा दुवागढी–७ की ५२ वर्षीया बसन्ती घिमिरेको मृत्यु भएको हाे ।

घिमिरेको विराटनगरस्थित नोवल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई क्यूलेक्स नामको लामखुट्टेले टोकेपछि जापानी इन्सेफ्लाइटिस रोग लागेको र उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।

दुवागढी गाविसमा मात्रै विगत चार वर्षमा क्यूलेक्स नामको लामखुट्टेको टोकाइबाट जापानीज इन्सेफ्लाइटिस रोगका कारण पाँच जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेले जानकारी दिए। रासस

प्रकाशित मिति: १६ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्