जबर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ



भीमदत्तनगर, असोज २०
सुुस्तमनिस्थिति भएकी एक महिलालाई जबरर्जस्ती करणी गर्न खाज्ने इ–रिक्सा चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ जानकी टोलमा एक ३८ वर्षीया महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने बैतडी घर भई हाल बसपार्कमा डेरा गरी बस्ने २७ वर्षीय गजेन्द्र विष्टलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले अभियुक्त विष्टलाई नियन्त्रणमा लिई आज जबरर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको बताउनुभयो । उहाँका अनुसार महिलालाई जबरर्जस्ती गर्न खोज्दा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News