यी हुन् रेडकर्नर नोटिसमा परेका नेपाली


 


काठमाडौं, साउन १७

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले वैदेशिक रोजगारीको प्रलोभन लिएर मानव तस्कर गर्ने ८ जना  नेपालीविरुद्द रेडकर्नर डिफ्युजन नोटिस जारी गरेको छ । अनुसन्धानका क्रममा रहेको घटनामा संलग्न फार अभियुक्त देशबाहिर पुगेको अवस्थामा पक्राउ गर्न अन्य देशका प्रहरी संगठनको सहयोगका लागि इन्टरपोलले डिफ्युजन नोटिस जारी गर्छ ।

इन्टरपोलले परशुराम तामाङ, किशोर राई, ओमप्रकाश गुरुङ, दुर्गा निरौला, सोमनाथ निरौला, अजन्त तुलाधर, विनोद पाण्डे र सन्जिव मुडभरीविरुद्ध नोटिस जारी गरेको हो । उनीहरुले बैंकक, अमेरिका, कोरिया,अफगानिस्तान, युरोपेली मुलुक र अफ्रिकी मुलुकमा रोजगारी लिाइदिने प्रलोभनमा रकम लिइ ठगी गरेका थिए । नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: १७ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्