छुरा प्रहरा गरी युवकको हत्या


 


उदयपुर, साउन १७

उदयपुरको पहाडी गाविस बाँसबोटे–७ बुथकुनीमा शनिबार साँझ छुरा प्रहार भएर एक युवकको हत्या भएको छ । बुथकुनीका ४८ वर्षीय दलबहादुर राईले आफ्नो १८ वर्षको छोरा गम्भीरराजको हत्या गरेको अभियोग लगाइएको छ ।

स्थानीयवासी शिक्षक कुम्भराज राईका अनुसार बाबुछोराको बेंसी खेतमा धान रोप्ने क्रममा झगडा भएको थियो । साँझ खेतको काम सकेर घर फर्कने क्रममा बाबुले छोरालाई छातीमा छुरा प्रहार गर्दा छोराको घटनास्थलमा नै मृत्यु भएको बाँसबोटे उमाविका अर्का शिक्षक शिवराम राईले बताए । रासस

प्रकाशित मिति: १७ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्