हावामा यसरी उडे १६४ मानिस, बन्यो विश्वकिर्तिमान (फोटो र भिडियो सहित हेर्नुहोस्)


 


Skydivers-flying-5दुनियामा खतरनाक स्टन्ट देखाउने मानिसहरुको केही कमी छैन । अमेरिकामा पनि हालै सासै रोकिदिने खालको स्टन्ट देखाइएको छ । उक्त स्टन्टमा १-२ जना होइन १ सय ६४ जना मानिसहरु एकसाथ हावामा उडे अनि मानिसहरु उडेको देख्नेहरु जिल्ल परिरहे ।

अमेरिकाको शिकागोमा १ सय ६४ जना स्काइडाइभर्सले ३ सय ८६ किलोमिटर प्रतिघण्टाको स्पीडमा आकाशमा अहिलेसम्मकै सबैभन्दा ठूलो भर्टिकल फर्मेसनको रेकर्ड बनाएर देखाएका छन् । १ सय ६४ डाइभर्सहरुले उक्त भर्टिकल फर्मेसनका क्रममा आकाशमा ठूलो फूलको आकार बनाएका थिए ।

यसभन्दा पहिले सन् २०१२ मा १ सय ३८ जनाले स्काइडाइभ गरेर यस्तो रेकर्ड कायम गरेकोमा शिकागोमा हालै यो रेकर्ड तोडिएको हो । रेकर्ड तोड्नका लागि उक्त अन्तराष्ट्रिय टोलीले १३ पटक प्रयास गरेका थिए ।

किर्तिमानधारी डाइभमा अमेरिका, फिनल्याण्ड, युएइ, भेनेजुयला, अस्ट्रेलिया, फ्रान्स तथा बेल्जियम लगायतका देशका उत्कृष्ट स्काइडाइभर्सहरु  सहभागी भएका थिए ।Skydivers-flying-6

Skydivers-flying-2भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=yooe5JFlibM

प्रकाशित मिति: १७ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्