पेट्रोलियम पदार्थको मुल्य घट्यो


 


काठमाडौं, साउन १७

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमै भाउ घटेकाले निगमले, पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धनको मुल्य घटाएको हो ।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । मुल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर १ सय ६ रुपैयाँ ५० पैसा पर्छ भने भने डिजेल र मट्टितेल लिटरको ८४ रुपैयाँ पर्ने छ ।

यसैगरी खाना पकाउने एलपी ग्यासको मुल्य प्रतिसिलिण्डर ३५ रुपैयाँ घटाएर १ हजार ४ सय ३५ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धनपनि आन्तरिक तर्फ लिटरको १५ रुपैयाँ घटाईएको छ । अब आन्तरिकतर्फ हवाई इन्धनको मुल्य १ सय १८ पर्छ ।

यस्तै अन्तर्राष्ट्रिय तर्फ हवाई इन्धन प्रतिकिलोलिटर ७५ डलर घटेर १३ सय २५ डलर कायम भएको छ । नयाँ मुल्य आइतबार राती १२ बजेपछि लागु हुने छ ।

प्रकाशित मिति: १७ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्