१४ देखि अनसनमा रहेका डा. केसीले तोडे अनसन, अध्यादेशमार्फत् चिकित्सा विधेयक ल्याउने सहमति


 


काठमाण्डौ, कात्तिक १
सरकारले चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित गर्ने लिखित प्रतिवद्धता जनाएपछि १४ दिन देखि अनशनमा बसेका डा. गोविन्द केसीले आज अनसन तोडेका छन् । सरकारसँग १० बुँदे सहमति भएपछि डा. केसीले बुधबार अनसन तोडेका हुन् ।
उनी चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने लगायतका माग अनशन बसेका थिए । तर, प्रमुख दलहरुबीच विधेयकमा सहमति नभएपछि र संसदको म्याद सकिएपछि विधेयक पारित हुन पाएको थिएन । डा. केसीले १० वर्षीया बालिका रोजिना तामाङको हातबाट पानी र मह खाएर अनसन अन्त्य गरेका थिए ।


सरकार र डा. केसीबीच भएको सहमति पत्रमा चिकित्सा शिक्षा विधेयक ल्याउने, आईओएमको शुल्क घटाउने, त्रिभुवन र काठमाडौं विश्वविद्यालयमा भएको अनियमिततामा संलग्नलाई कारवाही गर्ने, मेडिकल कलेज खोल्ने अनुमति दिँदा जनसंख्या,भूगोल लगायतलाई आधार मान्ने लगायत बिषय उल्लेख रहेका छन् ।

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्