ट्याक्टरले ठक्कर दिँदा बालकको मृत्यु


 


महोत्तरी, साउन २०

महोत्तरीमा ट्रयाक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ । मनराकट्टी–६ का लोकेन्द्र सदाका ११ वर्षका छोरा रामनाथ सदाको ट्रयाक्टरको ठक्करबाट ज्यान गएको हो ।

रामनाथलाई उनी आफै चढेको ट्रयाक्टरले ठक्कर दिएको हो । गुडिरहेको अन टेस्ट ट्रयाक्टरबाट खसेका सामनाथलाई त्यही ट्रयाक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका रामनाथलाई उपचारको लागि जलेश्वर लैजाँदा बाटोमै ज्यान गएको हो । घटनापछि प्रहरीले ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।

प्रकाशित मिति: २० श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्