सेनाको कामु प्रधानसेनापतिमा क्षेत्री


 


Rajendra-Kshetriकाठमाडौ, साउन २२

मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले राजेन्द्र क्षेत्रीलाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको छ ।वर्तमान सेनापति गौरव शम्शेर राणा आजदेखि बिदामा बस्ने भएपछि मन्त्रीपरिषद्ले क्षेत्रीलाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको हो ।

सेनामा अवकाश पाउनु एक महिना अघि बिदामा बस्ने चलन रहेको छ । राणाले आगामी भदौ २२ मा प्रधानसेनापतिबाट अवकाश पाउँदैछन् । क्षेत्री फागुनमा रथीमा बढूवा भएका थिए ।

प्रकाशित मिति: २२ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्