बाग्लुङ जिल्ला नटुक्रिने


 


काठमाडौं, साउन २४

संघीयताको सीमांकनमा बाग्लुङ जिल्लालाई नटुक्र्याउने सहमति भएको छ । ४ दलका शीर्ष नेता सम्मिलित विशेष समितिको आइतबारको बैठकले बाग्लुङलाई नटुक्र्याउने निर्णय गरेको हो ।

शनिबार राति भएको सीमांकनमा पूर्व र पश्चिम बाग्लुङ भनेर जिल्लालाई दुर्ए फरक फरक प्रदेशमा राखिएको छ । जिल्लालाई टुक्राउन नहुने भन्दै बाग्लुङमा प्रदर्शन भएको थियो ।

बाग्लुङबाट प्रतिनिधित्व गर्ने सभासदले समेत संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईलाई भेटेर जिल्ला नटुक्र्याउन  ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: २४ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्