अाज बिहानै गयो भूकम्पको धक्का


 


काठमाडौं, साउन २५

आज बिहानै भूकम्पको ठूलै धक्का गएको छ । बिहान ४ बजेर १५ मिनेटमा गोरखलाई केन्द्रविन्दु बनाएर ४.९ रेक्टरस्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु मुचोक र बलुवा गाविसको मध्यभागतिर पर्छ । जुन क्षेत्र बारपाकबाट पनि नजिक नै पर्छ । यो केही समययता आएको ठूलै पराकम्पन हो । आइतबार बिहान पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर पराकम्पन गएको थियो ।

प्रकाशित मिति: २५ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्