सिरियामा जिप दुर्घटना हुँदा ३ नेपाली सेना घाइते


 


काठमाडौं,  साउन २५

सिरियामा नेपाली शान्ति सैनिक सवार ल्यान्डक्रुजर जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । शनिबार साँझ दुर्घटना भएको उक्त जिपमा ८ सैनिक थिए।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार घाइते तीनैजनालाई थप उपचारका लागि इजरायलको जफाट अस्पताल लगिएको छ । तीनैजनाको अवस्था सामान्य रहेको र घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सिरियाको हर्मोन बेसबाट हर्मोन साउथ तर्फ जाने क्रममा हर्मोन साउथ पोस्टनजिक जिप दुर्घटना भएको जनाइएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्