बुहारीलाई कलेज अनिवार्य


 


झापा, साउन २७

प्रायः नेपाली समाज तथा घरपरिवारमा बुहारीलाई पढ्न पढाउनुपर्छ भन्ने प्रचलन कमै छ । तर झापाको गोल्धाप गाविसका बुहारीलाई क्याम्पस पढ्न जानुपर्छ भनेर पति तथा सासुससुराले नै प्रोत्साहन गर्ने गरेका छन् । त्यहाँका कलेजले समेत बुहारीहरुलाई खोजीखोजी पढाउने गरेका छन् ।

गोल्धापस्थित जनजागृति क्याम्पसले अहिलेसम्म त्यस्ता ५० जनाभन्दा बढी बुहारीलाई स्नातक तहसम्म पढाइसकेको छ ।‘मेरो छोरो जब कक्षा ९ मा पुग्यो , तब मलाई ग्लानी हुन थाल्यो अब उसलाई पढाउन सक्दिनँ भनेर,’ जलथल झापाकी होमा नेउपाने खरेलले भनिन्, ‘त्यसपछि मैले पनि उच्चशिक्षा पढ्न कलेज जान्छु भनेर जिद्दी गरे ।

पहिला त श्रीमानले फेल हुन्छेस भनेर मान्नुभएन । तर मैले पास गरेर देखाउँछु भनेपछि सासुससुराले पनि कलेज गएर पढ्ने अनुमति दिनुभयो ।’ होमाले अहिले स्नातक दोस्रो वर्षको परीक्षा दिएकी छन् । अाजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रकाशित मिति: २७ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्