कोरियन भाषा परीक्षा आवेदन खुल्यो


 


काठमाडौं, साउन २७

रोजगारीका लागि कोरिया जाने नेपालीलाई भाषा परीक्षा आवेदन खुला भएको छ । आगामी भदौ ७ देखि भदौ १८ गतेसम्म खुला गरिएको छ ।

भाषा परीक्षाका लागि बिहान ९ बजेदेखि साझ ४ वजेसम्म खुला गरिने बताइएको छ । साउन ३० गते विश्व भाषा क्याम्पस परिसरभित्र परामर्श समेत प्रदान गरिने बताइएको छ ।

आवेदन कर्ताले एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । कात्तिक २९ गते विश्व भाषा क्याम्पसमा परीक्षा हुने जनाइएको छ । परीक्षाको नतिजा पुस १५ गते सार्वजनिक गर्ने जनाइएको छ ।

प्रकाशित मिति: २७ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्