परीक्षाफल प्रकाशित



काठमाडाैं, साउन २७

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ सालमा सञ्चालित कानुन संकायतर्फ बिएएलएलबी तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

यसैगरी २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष २०७० को पुस्तकालय तथा सुचना विज्ञान, गृह विज्ञान र जेन्डर स्टडिज विषयका परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News