पुर्ननिर्माण प्राधिकरणको सिइओ बनेका गोविन्द पोखरेल को हुन् ?


 


gobinda pokhrelकाठमाडौं, साउन २८

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरलेलाई पुर्ननिर्माण प्राधिकरणको कार्यकारी अधिकृति (सिइओ) नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई सिइओ नियुक्त गर्ने निर्णय गरेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

यसअघि पोखरेललाई प्राधिकरणको सिइओ बनाउने विषयमा सत्तारुढ दल कांग्रेस एमालेबीच सहमति भएको थियो । दुई दलको सहमतिमा पोखरेललाई सिइओ नियुक्त गरिएको हो ।

सरकारले भूकम्पपछिको पुर्ननिर्माणमा प्राधिकरण गठन गर्ने निर्णय गरेको थियो । प्राधिकरण गठन गरेको लामो समय भइसक्दासमेत सरकारले कार्यकारी अधिकृत नियुक्त गर्न नसकेको भन्दै सरकारको आलोचना भएको थियो ।

यसैगरी सरकारले रथी राजेन्द्र क्षेत्रीलाई भदौ २४ गतेदेखि लागुहुने गरी प्रधानसेनापतिमा बढुवा गरेको मन्त्री पण्डितले जानकारी दिए । प्रधानसेनापति गौरबशम्शेर राणाले यही भदौ २४ गते अनिवार्य अवकाश पाउँदैछन् ।

प्रकाशित मिति: २८ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्