छोराले बाबुको हत्या गरे
भीमदत्तनगर, साउन २८
सामान्य घरायसी विवादमा चक्कु प्रहार गरी अाफ्नै बुबाकाे हत्या गरेकाे अाराेपमा प्रहरीले कञ्चनपुरको बेलौरीका एक किशाेरलार्इ पक्राउ गरेकाे छ । ४५ वर्षीय बुवा हरिलालको हत्या गरेको अभियोगमा बेलौरी नगरपालिका–५ बेलौरी बजारका १७ वर्षीय अर्जुन आचार्यलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
यसैबीच, सुतिरहेको अवस्थामा आफ्नै छिमेकीले हँसिया प्रहार गर्दा गम्भीर घाइते भएका बेलौरी नगरपालिका–७ रामनगर बस्ने ४५ वर्षीय कुलराम चौधरीको मृत्यु भएको छ। उनलाई बुधबार छिमेकी ५० वर्षीय डम्बर चौधरीले हँसियाले प्रहार गरी फरार भएका थिए। रासस
प्रकाशित मिति: २८ श्रावण २०७२, बिहिबार
















