कुन-कुन मालपोत कार्यालय अनलाइनमा जाँदैछन् ? (हेर्नुहोस् सबै विवरण)


 


malpotकाठमाडौं, साउन २८

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले यही भदौभित्र देशका विभिन्न १६ मालपोत कार्यालयलाई अनलाइन सेवा प्रणालीमा लाने तयारी अन्तिम चरणमा पु¥याको छ। अनलाइन प्रणाली सुरु भएपछि सर्वसाधारणले फाँट चाहारेर काम गराउनु पर्ने झन्झट समाप्त हुनेछ। दलालको सहयोग बिनै घरै बसीबसी रजिष्ट्रेसन पासका लागि आवेदन दिन सकिनेछ।

अनलाइन प्रवाहले सेवाग्राहीको अधिक चाप हुने मालपोत कार्यालयको कार्यसम्पादन सहज बनाइदिने, बिचौलियाको भूमिका समाप्त पार्ने, कार्यालय सञ्चालन खर्चमा कमी आउने र समयको बचत हुने भूमिसुधार तथा व्यवस्था मन्त्रालयको विश्वास छ।
अनलाइन प्रणालीमा गएपछि सेवाग्राहीले आफ्नो घरैमा बसेर जग्गाको रजिष्ट्रेशन पासलगायतको सेवाका लागि आवेदन गर्न सक्छन्।

मन्त्रालयले वैशाखबाट शुरु गरेर यसै आर्थिक वर्षमा ४० मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा लाने तयारी गरेको थियो। वैशाखमा गएको भूकम्पले कतिपय कार्यालयको भवन नै भत्काइदिएको र सरकारले पनि पर्याप्त बजेट विनियोजन नगरेपछि १६ वटा कार्यालयको सेवा मात्रै अनलाइनमा लान लागिएको हो।

प्रकाशित मिति: २८ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्