अप्रेसन गर्दा पेटमै पाइप छाडेपछि


 


 चितवन, साउन २९

चिकित्सकले चरम लारपरवाही गरी पत्थरीको अप्रेसनका क्रममा बिरामीको पेटभित्र दुईवटा पाइप छाडेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

दुख्न नछाडेपछि बिरामीले पटकपटक धाउँदासमेत शल्यक्रिया गर्ने चिकित्सक र उपचार गराएको अस्पतालले वास्ता नगरेकाले अन्तै भिडियो एक्सरे गराउँदा पेटभित्र पाइप देखिएको हो ।

भरतपुर १८ की ४० वर्षीया गोमा भण्डारीले मिर्गौलामा पत्थरी भएपछि नारायणी सामुदायिक अस्पतालमा शल्यक्रिया गराइएकी थिईन् । अप्रेसन डाक्टर ज्ञान पोखरेलले गरेका थिए ।

प्रकाशित मिति: २९ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्