स्नातक तह पहिलो वर्षको परीक्षा असोज ३ देखि ( हेर्नुहोस् तालिकासहित)


 


काठमाडौं, साउन २९

स्नातक तह पहिलो वर्षको परीक्षा आगामी असोज तीन गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै आगामी असोज तीन गतेदेखि परीक्षा सञ्चालन गरिने जानकारी गराएको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा स्नातक तह प्रथम वर्ष नियमित तथा प्राइभेट पूरा तथा आशिंक परीक्षाका मानविकी, विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा शास्त्र संकायका परीक्षा सञ्चालन हुनेछन् ।

मानविकी, विज्ञान प्रविधि, कानून तथा शिक्षा शास्त्र संकायको परीक्षा बिहान सात बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । त्यस्तै व्यवस्थापन संकायको परीक्षा भने दिउँसो एक बजेदेखि चार बजेसम्म सञ्चालन हुनेछ ।

चार वर्षे स्नातक तह पहिलो वर्षको परीक्षा पनि असोज तीन गतेदेखि नै सञ्चालन हुनेछ । उक्त परीक्षा दिउँसो एक बजेदेखि चार बजेसम्म सञ्चालन हुनेछ ।

चार वर्षे पूरा तथा आशिंक परीक्षा दिने व्यवस्थापन र विज्ञान तर्फका परीक्षार्थीहरुका लागि तयार पारिएको परीक्षा तालिका यसप्रकार रहेको छ ।

स्नातक तह प्रथम वर्षको परीक्षा तालिका यस्तो छ

Rutin-BechelorRutin1

प्रकाशित मिति: २९ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्