११ सचिवको सरुवा (को-कहाँ पुगे हेर्नुहोस्)


 


काठमाडौं, २९ साउन

सरकारले ११ जना सचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार सरुवा हुनेमा राजस्व सचिवमा राजन खनाल, भौतिक योजना मन्त्रालयमा गजेन्द्र ठाकुर, स्थानीय विकासमा माधव रेग्मी, राष्ट्रिय योजना आयोगमा सुरेशमान श्रेष्ठ,पर्यटनमा दिनेश थपलिया,समान्य प्रशासन मन्त्रालयमा टंकमणि शर्मा,निर्वाचन आयोगमा शारदाप्रसाद त्रिताल,सहकारी तथा गरिवी निवारणमा शंकर प्रसाद अधिकारी,सिंचाइमा अनुप उपाध्याय,बन मन्त्रालयमा मधुप्रसाद रेग्मी र शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा रमेश कुमार शर्मा रहेका छन् ।

राष्ट्रपति कार्यालयका अनुप उपाध्याय सिंचाई मन्त्रालयमा सरुवा भएपछि हाललाई राष्ट्रपति कार्यालय सचिव विहीन भएको छ ।  मन्त्रिपरिषदको बिहीबारको बैठकले सचिव सरुवाको सैद्धान्तिक निर्णय गरेको थियो । शुक्रबार सामान्य प्रशासन मन्त्री र मुख्य सचिवले सरुवाको अन्तिम टुंगो गरेका हुन् ।

प्रकाशित मिति: २९ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्