अहिले भर्खरै ४.५ रेक्टरको नयाँ भूकम्प


 


काठमाडौं, साउन, ३०

ताप्लेजुङलाई केन्द्र बनाएर शनिबार बिहान नयाँ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २७ मिनेट जाँदा ताप्लेजुङको तेल्लो आसपास केन्द्र भएर ४.५ रिक्टर स्केलको नयाँ भूकम्प गएको हो।

यो ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि बिहान १० बजेर १० मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको थियो।

प्रकाशित मिति: ३० श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्