अाजको राशिफल


 


अाज मिति वि.सं. २०७२ साल साउन ३२ गते सोमबार। इश्वी सन् २०१५ अगस्ट १७ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँला थ्व। अाजको राशिफल यस्तो छ

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो,

अप्रिय समाचारले मन खिन्न रहला। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पठनपाठनमा भने राम्रै प्रगति हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। ठूलो फाइदा उठाउन नसकिए पनि गरी आएका कामबाट आर्थिक लाभ हुनेछ। केही फजुल खर्च पनि बढ्न सक्छ। समय पर्खंदा स्थितिमा सुधार आउनेछ।

बृष – इ, , , , बा, बि, बु, बे, बो

सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउनाले काममा समेत बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी परास्त होलान्। आम्दानी राम्रैगरी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह बढ्नेछ। नयाँ, रचनात्मक काममा हात हाल्ने समय छ। मध्याह्नपछि भने विश्वासपात्रले धोका दिन सक्छन्। घरपरिवारमा असमझदारी बढ्ने र काम रोकिने सम्भावना छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। मध्याह्नपछि नयाँ काम सुरु भए पनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कामा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटे पनि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सजग रहनुहोला।

कन्या – टो, , पि, पु, , , , पे, पो

सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउ“दै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

गरेका कामबाट प्रशस्त धन लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पारिवारिक आवश्यकता पूर्ति होला। मध्याह्नदेखि केही मात्रामा खर्च बढ्न सक्छ। तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। टाढाको यात्रा हुन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ हुन सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउनुका साथै मनग्य लाभ हुने समय छ।

धनु – ये, यो, , भि, भु, , फा, , भे

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्ला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। अवसरका लागि जोखिमपूर्ण वा तत्काल लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला।

मकर – भो, , जि, खि, खु, खे, खो, गा, गि

काममा समस्या थपिन सक्छन्। घरेलु समस्यामै अल्झनुपर्ने समय छ। स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ। उपचारमा खर्च हुने योग छ। विवादबाट टाढै रहनुहोला। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन मुस्किल पर्ने देखिन्छ। प्रयत्न गर्दा आँटेका काम पूरा नभए पनि आंशिक फाइदा भने प्राप्त हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो,

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ। उपचारमा खर्च हुनेछ। स्वास्थ्य, महत्वपूर्ण काम र आर्थिक गतिविधिमा सचेत रहनुहोला।

मीन – दि, दु, , , , दे, दो, , चि

काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना फलीभूत हुनेछन्। साँझपछि व्यापारमा लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय छ। आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नेछ।

प्रकाशित मिति: ३१ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्