दिउँसोबाट बन्द फिर्ता हुने


 


भाेजपुर, साउन ३२

मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी, जनजाति र मधेसी दलले गरेको नेपाल बन्दको दोस्रो दिन आज दिउँसो १ बजेपछि बन्द खुल्ने भएको छ । पहिलो दिनको तुलनामा बन्दको कम प्रभाव परेको आजको बन्द दिउँसो १ बजेपछि फिर्ता लिने भएका छन्।

प्रहरीको व्यापक परिचालन गरेको प्रशासनले आन्दोलनकारीहरुलाई सडकमा उत्रिनै नदिएर पक्राउ गरेपछि अान्दोलनकारीले बन्द फिर्ता लिन लागेका हुन् । यसैबीच बन्द फिर्ता लिएसँगै उपत्यकाका आन्दोलनरत दलका कार्यकर्ताहरुलाई भेला गरेर रत्नपार्कमा प्रदर्शनको तयारी समेत गरेको छ। दलका शीर्ष नेताहरुको नेतृत्वमा हुने प्रदर्शनपछि सम्बोधन गर्ने कार्यक्रम रहेको उनिहरुले जनाएका छन् ।

प्रकाशित मिति: ३२ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्