परीक्षाफल प्रकाशित


 


काठमाडौं, साउन ३२

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७१ मङ्सिर/पुसमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फका स्नातकोत्तर तह (एमबिएस) प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ।

यसैगरी २०७१ मङ्सिर÷पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्षको अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ। रासस

प्रकाशित मिति: ३२ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्