बिहानै ४.८ रेक्टर स्केलको भूकम्प


 


काठमाडौं, भदौ १

दोलखा केन्द्रविन्दु भएर मंगलबार बिहानै भूकम्पको एउटा पराकम्प गएको छ । बिहान ४ बजेर ८ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म पनि  त्यसको पराकम्प अझै गैरहेका छन् । अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ३ सय ७९ वटा पराकम्प गैसकेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: १ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्