सुनको भाउ बढ्न थाल्यो


 


काठमाडौं, भदौ १

सुनको भाऊ मंगलबार तोलामा ४ सय रुपैयाँले बढेको छ । सुन मंगलबार तोलाको ४९ हजार ७ सय रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलाको ७ सयमा किनबेच भैरहेको व्यवसायीले बताएका छन् । गएको हप्तादेखि सुनको भाउमा लगातार वृद्धि भैरहेको छ । सुनको भाउमा आएको उतारचढाव साथै तीज नजिकिएकाले सुनको कारोबार बढेको व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति: १ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्