सदभावना पार्टीले किन छाड्यो संविधानसभा ?


 


भोजपुर, भदौ १

राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले मंगलबार साँझ पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दे उक्त पार्टीको संसदीय दलका नेता लक्ष्मणलाल कर्णले अब एक क्षणपनि संविधानसभामा बस्नु जनताको भावनाको अपमान हुनेछ भन्दै संविधानसभाबाट सामुहिक राजीनामा दिएको घोषणा गरे । संविधानसभामा सदभावनाका १ प्रत्यक्ष र ५ समानुपातिक सभासद थिए ।

प्रत्यक्ष निर्वाचित संजय साह जनकपुर बमकाण्डमा मुछिएपछि निलम्बित छन् । प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमति हुँदै ६ प्रदेश र प्रस्तावित सीमाकंनको विरोधमा रहेको सद्भावना पार्टीले संविधानसभाबाट अलग हुने निर्णय गरेको हो।

विगतको सहमति सम्झौता अनुसार संविधान नबन्ने निश्चित भएको भन्दै उसले निरिह साक्षी किनाराका रुपमा मात्र संविधानसभामा बस्नुको औचित्य नभएको बताएको छ । जनताको इच्छा अनुसार संविधानसभाबाट संविधान जारी गर्न आन्दोलनको विकल्प नभएको सद्भावनाले बताएको छ ।

सद्भावनाका अध्यक्ष महतोले आफ्ना सबै नेता-कार्यकर्ताहरुलाई समेत काठमाडौं छाड्न निर्देशन दिए । साथै उनले काठमाडौंमा रहेको केन्द्रीय कार्यालय आन्दोलन सफल नभएसम्मका लागि बन्द गरेको घोषणा गरेका छन् । काठमाडौंको कार्यालय सम्पर्क कार्यालयका रुपमा मात्र रहने र केन्द्रीय कार्यालय मधेसमा राख्ने उनले बताए ।

प्रकाशित मिति: १ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्