अाजको राशिफल


 


अाज मिति वि.सं. २०७२ साल भदौ २ गते बुधबार। इश्वी सन् २०१५ अगस्ट १९ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँला थ्व। अाजको दिन तपाईको यस्तो छ

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 

पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान तथा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह 

मान्यजनसँग असमझदारी बढ्न सक्छ। आत्मीयजनबाट टाढिनुपर्ला। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूले दिएको सुझाव अप्रिय लाग्न सक्छ। तापनि, परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा लाभ हुनेछ। मातृधन तथा राय–सुझावबाट फाइदा उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि लाभ होला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो 

काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्नेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह बढ्नेछ। प्रशस्त धन आर्जनको मौका छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे 

विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। तर मान–सम्मानमा अलि आघात पर्ने योग छ, सचेत रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो 

पहिलेको सफलताले थप काम गर्न हौसला मिल्नेछ। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। नयाँ कामको प्रस्ताव आउने समय छ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते 

सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु 

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 

भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। तर, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ। यसले तपाईंको स्वतन्त्रतामा बाधा पुग्ने सम्भावना देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि 

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। सहयोगीहरूले साथ दिए पनि काम पूरा नहुने समय छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द 

काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ। सहयोगीहरू तत्पर रहनाले नसोचेको फाइदा उठाउन सकिनेछ। लगनशीलताले रहस्य पत्ता लाग्न सक्छ। खर्च भए पनि नसोचेको क्षेत्रबाट धन लाभ हुन सक्छ। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि 

दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा केही समस्या आउलान्। अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ।

प्रकाशित मिति: २ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्