घैंटे मारिएपछि गृहमन्त्री र आइजीपीले सर्वेन्द्र खनाललाई के भने ?


 


ssp sarbendraकाठमाडौं, भदौ ४

काठमाडौंको कपुरधारामा कुमार घैंटे इन्काउन्टरमा परेपछि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले आफू मातहतको प्रहरी निकाय मेट्रोलाई जानकारी गराए। मेट्रोलाई जानकारी गराएको केहिछिनमा आइजीपी उपेन्द्रकान्त अर्यालको खनाललाई फोन आयो । अर्यालले घटनाबारे जानकारी लिए। त्यतिबेला कुमार घैटैलाई टिचिङ अस्पताल लगिदै थियो।

खनाललाई फोन गरेपछि अर्यालले धन्यवाद दिए। आइजीपीको फोन लगत्तै खनाललाई गृहमन्त्री वामदेव गौतमको फोन आयो। अपराध नियन्त्रण र गुण्डागर्दी रोकथाम गर्न विशेष ध्यान दिएको भन्दै मन्त्री गौतमले पनि खनाललाई बधाइ दिए।

इन्काउन्टरपछि खनाललाई धेरै नेताको फोन आएको छ। कतिले सही काम भन्दै प्रसंशा गरेका छन् भने कतिपय गाली गरेका छन्। सर्वसाधारणलाई सहन नसक्ने गरी दुःख दिन थालेपछि घैंटेमाथि प्रहरीले निगरानी बढाई कारबाही चलाइएको खनालले बताए।

घैंटे सम्बन्धि यो पनि पढ्नुहोस्

अाखिर त्यो घैंटे को थियो ?

गुण्डा नाइके घैंटे मारिए

प्रकाशित मिति: ४ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्