पर्यटनमन्त्री कृपासुर शेर्पा भन्छन- ‘पर्यटकका लागि नेपाल सुरक्षित छ’


 


kirpasur sherpaकाठमाडौं, भदाै ४

पर्यटनमन्त्री कृपासुर शेर्पाले भूकम्पपछि सुस्ताएको पर्यटन पुनरुत्थानमा सरकार लागिपरेको दाबी गरेका छन् । होटल एशोसियसन अफ नेपाल (हान)को बिहीबार राजधानीमा आयोजित ४४औं वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘भूकम्पले पर्यटन क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ, त्यो क्षति कसरी परिपूर्ती गर्ने ? सुस्ताएको पर्यटनलाई छिटो भन्दा छिटो पुनर्जागि्रत गराउन पर्यटन मन्त्रालय लागिपरेको छ’ मन्त्री शेर्पाको दाबी थियो ।

मन्त्री शेर्पाले मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती तथा सुधारको कामलाई तिब्रता दिने बताए । ‘त्रिुभवन विमानस्थल इन्टरनेशनल स्तरको छैन्, यसको सुधार चाँडै हुन्छ’ उनले भने- ‘अहिले यहाँ पूर्वाधार विस्तार गर्ने काम भइरहेको छ ।’पर्यटकका लागि नेपाल सुरक्षित छ, यो सन्देश विश्वभर फिजाउँ

प्रकाशित मिति: ४ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्