अब सात प्रदेशको संघीय नेपाल (कुन प्रदेशमा कुन जिल्ला थपघट भए ? हेर्नुहोस् सबै विवरण)


 


काठमाडौं, साउन ४

शीर्ष नेताहरू सम्मिलित विशेष समितिले कांग्रेस एमालेले यसअघि नै प्रस्ताव गरेको सात प्रदेशमा थोरै परिवर्तन गरी सीमांकनमा टुंगो लगाएको छ। पहिलेको पस्तावका १,२,३ र ४ प्रदेशहरू यथावत छन्।

तीन नम्बर प्रदेशमा पर्ने पर्सा जिल्लाको ठोरी गाविस र पश्चिमको भाग भने प्रदेश नम्बर तीनको राजधानी प्रदेशमा रहनेछन्। मुलतः ‘थरूहट’ भूभाग रहेको प्रदेश नम्बर ५ मा गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान,  रोल्पा र रूकुम जिल्लाको अाधा भाग थप्ने सहमति भएको छ। एमाओवादीले यी जिल्लालाई प्रदेश नम्बर ५ मा थप्ने निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने तर संविधानको मस्यौदामा पूर्णता दिने कुरामा अवरोध नगर्ने सहमति भएको छ।

प्रदेश नम्बर ५ मा पहाडी जिल्लाहरू थप्ने निर्णय भएपछि लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार  असहमति जनाउँदै बाहिरिएका छन्। उनले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन्।

६ नम्बर प्रदेशलाई विभाजन गरी कर्णाली पूर्वका जिल्ला र भूभाग ६ नम्बर प्रदेशमा  र कर्णाली पश्चिमका जिल्ला र भूभाग ७ नम्बर प्रदेशमा रहने गरी सहमति भएको छ। सीमांकनको विस्तृत टुंगो संघीय आयोगले लगाउने निर्णय भएको छ।

प्रकाशित मिति: ४ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्