घैंटे यसरी मारिएको थियो (हेर्नुहोस् भिडियो)


 


काठमाडौं, भदाै ५

चर्चित गुण्डा नाइके दिनेश अधिकारी प्रहरीको इन्काउन्टरमा मारिएको एक वर्ष विते लगत्तै बिहीबार फेरि अर्का गुण्डा नाइके कुमार घैंटे भनिने कुमार श्रेष्ठको पनि गोली प्रहारबाटै ज्यान गयो ।  सामाखुशीको कपुरधारास्थित आफ्नै निवास अगाडि प्रहरीको गोली प्रहारबाट घैंटेको ज्यान गएको हो ।

प्रहरीको गोली प्रहारबाट घाइते भएका घैंटेको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको थियो । उनको छातीमा ८ वटा गोली लागेको बताईन्छ । घैंटे सहित अन्य दुई जना पनि घाइते भएका थिए ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?t=30&v=0LZ0wpthgGY

यो पनि पढ्नुहोस्

घैंटे मारिएपछि गृहमन्त्री र आइजीपीले सर्वेन्द्र खनाललाई के भने ?

चरी र घैंटे मारिएपछि डनहरुको भागाभाग

प्रकाशित मिति: ५ भाद्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्