एक वर्षमा कति युवा कुन देश विदेसिए ?


 


काठमाडौं, भदाै ६

एक वर्षको अवधिमै ५ लाख १३ हजार युवा कामको सिलसिलामा विदेसिएका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१/७२मा श्रम तथा रोजगार प्रवद्र्धन विभागले वैदेशिक रोजगारीको लागि ५ लाख १३ हजार व्यक्तिलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।

सो आर्थिक वर्षमा सबैभन्दा धेरै नेपाली मलेसियाका लागि गएका छन्। सो आर्थिक वर्षमा विदेसिएका युवामध्ये ३९ प्रतिशत नागरिक मलेसियामा पुगेका छन्। नेपाल अनुकुलको मौसमका कारण मलेसिया नेपालीको प्रमुख गन्तव्य राष्ट्र बन्दै आएको छ।

मलेसियाका लागि २ लाख २ हजार ८ सय २८ जनाले अन्तिम श्रम स्वीकृति पाए भने कतारका लागि १ लाख २४ हजार ३ सय ६८ जना युवाले अन्तिम श्रम स्वीकृति पाए। त्यस्तै ९८ हजार २ सय ४६ जनाले साउदी अरब तथा ५३ हजार ६ सय ९९ जनाले दुबईका लागि अन्तिम श्रम स्वीकृति लिए।

कुवेतका लागि ९ हजार ६ सय ६८, दक्षिण कोरियाका लागि ५ हजार १ सय ५८ र अन्य देशका लागि १८ हजार ९ सय २० जनाले अन्तिम श्रम स्वीकृति पाएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ।

प्रकाशित मिति: ६ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्