पूर्वराजा ज्ञानेन्द्रको दिल्ली दाैड, के गर्देछन् उनले त्यहाँ ?


 


gyanendra shahaकाठमाडौं, भदौ  ७

 संविधानसभाबाट संविधान जारी गर्नका लागि मुलुक प्रसव बेदनामा रहेका बेला नेपथ्यमा धेरै खतरनाक चलखेलले आकार लिइसकेका छन् । बैंककमा गुप्त राजनीतिक भेटघाटमा ब्यस्त पूर्व महाराजा ज्ञानेन्द्र शाह बैंककबाट किन नयाँदिल्ली हान्निए ? नयाँदिल्लीमा गुप्त भेट सकेर फेरि उनी किन बैंकक फर्किए ?

प्रदेशको सिमाङ्कन गर्न ठूला दलमाथि किन दबाब हालियो ? अनि सिमाङ्कन लगत्तै तराई मधेशमा किन आगो बाल्न थालियो ? यी प्रश्नहरू अनुत्तरित रहँदासम्म नेपाल झन् ठूलो द्वन्द्व र विभाजतर्फ जाने संकेत देखिएका छन् ।

२०७२ साउन २७ गते नेपाल एयरलाइन्सको विमानबाट बैंककतर्फ उठेका पूवराजा ज्ञानेन्द्र शाह भदौ २ गते अचानक नयाँदिल्ली पुगेको समाचार साँघु साप्ताहिकले छापेको छ । अचानक यसकारण कि उनको नयाँदिल्ली भ्रमण रहस्यकै गर्भमा छ ।

निजी सचिव सागर तिमल्सिना बाहेक कसैलाई पनि नलिई विदेश भ्रमणमा निस्किएका ज्ञानेन्द्र शाहको यसपटकको बैंकक र नयाँदिल्ली यात्रा विशुद्ध राजनीतिक भएको उच्च स्रोतहरू बताउँछन् । दिल्लीमा पूर्वमहाराजाको बसाइ र भेटघाटलाई यति गोप्य बनाइयो कि, उनी निकट भनिनेहरूले समेत भेउ पाएनन् ।

स्रोतका अनुसार, भारतीय खुफिया एजेन्सी बाहेक ज्ञानेन्द्र शाहको भेटवार्ताको सनदर्भमा अरु अनभिज्ञ छन् । नेपालको गप्तचर निकायलाई त सम्भवतः ज्ञानेन्द्र शाह नयाँदिल्ली पुगेर राजनीतिक भेटघाट गरेको समेत थाहा छैन ।

तीन दिनसम्म पूर्वराजा दिल्लीमा के गरेर बसे ? आवश्य पनि उनी उपचार वा पारिवारिक भेटघाटमा थिएनन् । पापरिवारिक र उपचारको भ्रमण त किन पनि होइन भने उनी यसपटक परिवारका सदस्यसमेत नलिई गएका छन् ।

ज्ञानेन्द्रले दिल्लीमा भारतीय संस्थापन पक्ष र भारतको नीति निर्माण तहमा प्रभाव पार्ने पूराना रजौटा खलकसँग समेत छलफल गरेको स्रोतले जनाएको छ । २०७२ भदौ ५ मा पुनः बैंकक फर्किएका ज्ञानेन्द्र शाहले बैंककमा राजनीतिक भेटघाट चालु राखेका छन् ।

उनले नेपाका दुबै छिमेकी भारत र चीनका प्रभावशाली कुटनीतिक तथा राजनीतिक व्यक्तिहरूसँग कुराकानी गरेको चर्चा समेत चलेको छ ।

 

प्रकाशित मिति: ७ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्