टिकापुरमा वरिष्ठ प्रहरी उपरिक्षक सहित अाठ जनाको मृत्यु


 


काठमाडौं, भदौ ७

कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित अाठ जनाको  मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल प्रहरीका एसएसपी सहित पाँच जना, सशस्त्र प्रहरीका २ र एक २ वर्षीय बालकसहित ८ जनाको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षकहरु बलराम विष्ट र केशव बोहोराको परिचय खुलेको छ ।  झडपमा घाइते भएका ५५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

छुरा, भाला, बन्चरोसहितका हतियार बोकेर आएका ८/१० हजारको संख्यामा रहेका आन्दोलनकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा हिंसात्मक झडप भएको बताइएको छ ।

(सच्चाइएको)

प्रकाशित मिति: ७ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्