तीन जिल्लामा सेना परिचालन


 


काठमाडौ, भदाै ७

सरकारले कैलालीको टिकापुर,रौतहटको गौर र सर्लाहीको मलंगवामा सेना परिचालन गर्ने निर्णय गरेको छ । उप तथा गृह मन्त्री बामदेव गौतमले संसदलाई यस्तो जानकारी गराएका हुन् ।

यी तिन जिल्लामा जिल्ला सुरक्षा समितिले सेनासमेत परिचालन गर्ने निर्णय गरेको जानकारी दिए ।  उपप्रधानमन्त्रीले भने–गौरमा दक्षिणबाट हतियारसहित ठूलो संख्यामा आएर जिल्ला प्रशासन,जिल्ला अदालत घेराउ गर्ने काम भएको छ ,त्यस्तै मलंगवामा पनि हतियारसहितको भीडले घेराउ गरेको छ । ’

उनले टिकापुरमा हवल्दार राम विहारी थारुलाई जलाएर मारेको,एसएसपीलाई भाला रोपेर र दुई जना प्रहरीलाई काटेर र तीन जना सुरक्षाकर्मीको क्षत विक्षत शव भेटिएको जानकारी गराए ।

प्रकाशित मिति: ७ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्