सूदुरपश्चिमका डिआइजीहरुलाई फिर्ता बाेलाइयो


 


काठमाडौै, भदाै ८

सरकारले सुदूरपश्चिमका सशस्त्र प्रहरी र नेपाल प्रहरीका डीआईजी परिर्वतन गरेको छ । सेती अञ्चल प्रहरीको एसएसपीमा दिनेश अमात्यलाई खटाएको छ भने प्रमुख जिल्लाअधिकारी राजकुमार श्रेष्ठलाई फिर्ता बोलाएको छ ।

कैलालीको टीकापुरमा ७ भदौमा हिंसात्मक घटना भएपछि सरकारले सदूरपश्चिमका नेपाल प्रहरीका डिआइजी रामकुमार खनालको ठाउँमा माधव नेपाललाई खटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । त्यस्तै सशस्त्र प्रहरीका डिआइजी खडानन्द चौधरीको ठाउँमा सुरज श्रेष्ठलाई पठाइएको छ ।

आन्दोलनकारीको आक्रमणबाट एसएसपी लक्ष्मण न्यौपानेको निधनपछि रिक्त रहेको स्थानमा एसएसपी दिनेश अमात्यलाई पठाइएको छ । त्यसैगरी गृहमन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई मन्त्रालयमा फिर्ता बोलाउने निर्णय गरेको छ।

प्रकाशित मिति: ८ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्