पुनर्निर्माण प्राधिकरणले कुन-कुन जिल्लालाई कार्यक्षेत्र तोक्यो ?


 


काठमाडौं, भदौ ८

मंगलबार बसेको पुनर्निर्माण प्राधिकरणको  पहिलो बैठकले देशका ३१ जिल्लालाई आफ्नो कार्यक्षेत्र तोकेको छ । प्रधानमन्त्री एंव प्राधिकरणका अध्यक्ष सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकले कार्यक्षेत्र तोकेको हो ।

प्राधिकरणले तोकेका कार्यक्षेत्र मन्त्रिपरिषदले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ । जिल्लाहरुको प्राथमिकीकरण समेत गरिएको छ । प्राथमिकीकरण गर्दा राष्ट्रिय योजना आयोगको प्रतिवेदनलाई आधार बनाइएको छ ।

प्राधिकरणले प्राथमिकता निर्धारण गरी कार्यक्षेत्र निर्धारण गर्न सरकार समक्ष सिफारिस गरेका जिल्लाहरुमा दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रसुवा, धादिङ, काभ्रेपलान्चोक, रामेछाप, भक्तपुर, ओखलढुंगा, सिन्धुली, ललितपुर, काठमाडौं, मकवानपुर, लमजुङ, चितवन,तनहुँं, खोटाङ, स्याङजा, पाल्पा, बागलुङ, गुल्मी, सोलुखुम्बु, कास्की, पर्वत, म्याग्दी, अर्घाखाँंची, नवलपरासी, भोजपुर,धनकुटा र संखुवासभा रहेका छन् ।

प्रकाशित मिति: ८ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्