उनी डिअाइजी हुन्छु भन्थें, भए तर देख्न पाएनन्


 


ssp laxmanभोजपुर, भदाै ९

उनको सपना डिअाइजी भएर रिटायर्ड हुने थियो । र, अाफन्तहरुलाई भन्ने गर्थे  ‘रिटायर्ड हुने बेलासम्म डिआइजी बन्छु होला।’  तर कहिलेकाही सपना न त पुरा भएको न त अधुरै रहेको अवस्थामा पनि हुँदा रहेछन् ।

डिआइजी बन्नु लक्ष्मण न्यौपानेका लागि अाइतबार मध्यान्हसम्म पनि एउटा सपना थियो । उनको सपना एक हिसावले पुरा भयो पनि तर उनले आफै आफ्नो सपना पुरा भएको हेर्न पाएनन् ।

काँधबाट एसएपीको फुलि फुकालेको केहीबेरमा उनी डिआइजी त बने तर आफ्नै काँधमा लगाउने फुली उनले देख्न पाएनन् । सम्झँदै गह भरिने यस्तो अवस्थाका बिच स्वर्गीय एसएसपी लक्ष्मण न्यौपाने (मरणोपरान्त)  डिअाइजी भए ।

उनीजस्तै कर्तब्यपालनाका शिलशिलामा वीरगति पाएका प्रहरीहरुको पनि मरणोपरान्त एक तह पदोन्नती भए । सरकारले टीकापुरमा भएको घटनामा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका सुरक्षा कर्मचारीको सम्मानमा मरणोपरान्त एक तह पदोन्नति गर्ने निर्णय गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत तथा जवानले कर्तव्य पालनाका क्रममा देखाएको दृढता र अनुशासन सबैका लागि अनुकरणीय र अत्यन्त सम्मानयोग्य भएका कारण कायम रहेकोभन्दा एक तह बढुवा सम्मानार्थ  सरकारले निर्णय गरेको हो । उनिहरु सबैप्रति श्रद्धासुमन ।

यो पनि पढ्नुहोस्

काे थिए एसएसपी न्यौपाने ?

प्रकाशित मिति: ९ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्