टीकापुर किन जाँदैनन् गृहमन्त्री र आईजीपी ?


 


काठमाडौं, भदाै १०

कैलालीको टिकापुरमा भएको आक्रमणमा परेर ७ सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको तीन दिन वितिसक्दा पनि गृहमन्त्री र आईजीपी त्यहाँ गएका छैनन्। घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मीको ज्यान गएको थियो।

थारू राज्यको माग राखेर आन्दोलन गरिरहेको समूहको आक्रमणमा परेर मनोबल घटेको बेलासमेत उच्च अधिकारी त्यहाँ नपुग्दा सुरक्षाकर्मी निरास बनेका छन्। गृहमन्त्री र आइजीपी मात्र नभएर क्षेत्रिय सुरक्षाकर्मीसमेत त्यहाँ पुगेका छैनन् भनेर अाजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: १० भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्