प्रहरीलाई गोली गठ्ठा किन्न २ अर्ब


 


भोजपुरमा भएको एक कार्यक्रमा सहभागी जिल्ला प्रहरी कार्यालयका सिनियर तथा जुनियर प्रहरी अधिकृत । तस्बिर : देशकोन्युज

काठमाडौं, भदाै १०

सरकारले दंगा नियन्त्रणका उपकरण खरिद गर्न नेपाल प्रहरीलाई ९६ करोड र सशस्त्र प्रहरी बललाई ९४ करोड रुपैयाँ दिने तयारी गरेको छ ।मन्त्रिपरिषदको बैठकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हतियार खरिदका लागि उक्त रकम दिने निर्णय गरेको हो।

दुवै प्रहरीले गोली, रबर बुलेट, राइट कन्ट्रोल भेहिकल, वाटर क्यानन, अश्रुग्यासलगायतका आधुनिक उपकरण र दंगा नियन्त्रणका लागि चाहिने हेलेमेट, लाठी लगायतका सामान किन्ने उल्लेख गरिएको छ । स्रोत नयाँ पत्रिका

प्रकाशित मिति: १० भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्