​एकै दिन सरकारले बाड्यो डेढ करोड, कसले कति पाए ? (हेर्नुहोस् सबै विवरण)


 


काठमाडौै भदाै १०

मन्त्रिपरिषदको बैठकले एकै दिन करिव डेढ करोड आर्थिक सहायता बाँंडेको छ । गत साउन २८ गते बसेको मन्त्रिपरिषदले यति ठूलो आर्थिक सहायता बाँंडेको हो ।

मन्त्रिपरिषदको बैठकले लिभरबाट समस्यामा रहेका नेविसंघका पुर्व महामन्त्री भोजपुरका उमशजंग रायमाझी,जागृत प्रसाद भेटवाल, र प्यूठानका ध्रुव गौतमलाई २५–२५ लाख आर्थिक सहायता दिएको छ । त्यस्तै सिरहाका रामरति रामले पाँंच लाख,प्यूठानका हरिप्रसाद रिजालले तीन लाख,प्यूठानकै देवीबहादुर विष्टले दुई लाख,बर्दियाका हिमबहादुर विष्टले चार लाख,जाजरकोटका कालु हमालले तीन लाख, बर्दियाका कमला शाहीलाई दुई लाख,बाजुराका तुलाबहादुर थापालाई दुई लाख,हिराबहादुर थापा मगरलाई दुई लाख,नवलपरासीका माझीलाल थारु थनेतलाई पाँंच लाख,प्यूठानका शान्ता थापालाई दुई लाख,अर्घाखाँंचीका डेमलाल घिमिरेलाई पाँंच लाख,कास्कीका मेघराज आचार्यलाई चार लाख पाएका छन् ।

त्यसैगरी रामेछामका कमल सुनारले पाँंच लाख,सोलुखुम्बुकी सुशीला कार्कीले तीन लाख,बाराका रिता बडालले चार लाख,धनकुटाका श्यामकुमारी लुँंइटेलले दुई लाख,सिरहाका अभिमन्युप्रसाद गुप्ताले दुई लाख,उदयपुरका नजबुल खानले दुई लाख र महोत्तरीका सुभाषकुमार यादवले दुई लाख पाएका छन् ।

प्रकाशित मिति: १० भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्