क्यान्सर पीडितको सहयोगार्थ ‘ए मेरो हजुर–२’ अमेरिकामा प्रदर्शन हुने


 


भर्जिनिया, फागुन ४
नायिका झरना थापांद्वारा निर्देशित तथा सुनिल कुमार कुमार थापाले ए मेरो हजुर–२’ क्यान्सर पीडित १० वर्षे बालक विवेक आचार्यको सहयोगार्थ अमेरिकामा प्रदर्शन हुने भएको छ ।

चलचित्र मार्च ४ मा अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च शहरस्थित लोमन प्लाजा चलचित्र मन्दिरमा २ बजे प्रदर्शन हुने छ ।

भरतपुरमा रक्त क्यान्सरको उपचार गराई रहेका बालकलाई पप सम्राट ओम बिक्रम बिष्टले १ हजार डलर ईनास द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा उठेको रकमबाट हस्तान्तरण गरेका थिए ।

यसै गरि भर्जिनिया हर्नडन निवासी समाज सेवी परशु राम भण्डारीले को पहलमा संकलन गरिएको २ हजार ४४ डलर पिडितका पितालाई ईनास भर्जिनिया द्वारा रकम पठाईएको थियो ।

गत फेब्रुअरी ११ तारिखमा पत्रकार भेटघाट कार्यक्रम राखी नायिका थापाले आफूले पहिलो पटक निर्माण गरेको चलचित्र हेर्न सबैमा आग्रह गर्दै हौशला बढाउन अनुरोधसमेत गरेकी छन् । उनले क्यान्सरबाट पीडित १० बर्षे बालक विवेक आचार्यलाई सबै जुटेर सहयोग गर्नुपर्ने बताइन ।

 

प्रकाशित मिति: ४ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्