टिकापुर हत्याकाण्डको पछाडि यस्तो छ कारण


 


काठमाडौं, भदाै १३

मैले फायर खोलेँ,तपाईँहरू पनि खोल्नुहोस्, अब आदेश पर्खिराख्नुपर्दैन।’थरूहट/थारूवान स्वायत्त प्रदेश पक्षधर आन्दोलनकारीले गत सोमबार दिउँसो दिउँसो साढे २ बजेतिर टीकापुर नगरपालिका शंकरापुरमा प्रहरीमाथि घेराबन्दी गरेर आक्रमण सुरू गरेपछि नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेले आदेश दिए।

आदेशमुताविक उनीसँग  रहेका प्रहरीले एसएलआर खोले। एक राउन्ड हावामा  गोली चलाए। दोस्रो पटक एसएलआरको गोली पड्कदै पड्किएन त्यसै बन्द भयो। प्रदर्शनकारीको घेराबन्दीमा परेको प्रहरी टोलीसँग थप हतियार थिएन।

उनले सँगै परिचालित सशस्त्रलाई फायर खोल्न अनुरोध गरे तर हतियार सुसज्जीत उनीहरूले उनको आदेश मानेनन्। त्यतीबेलासम्म सँगै गएका सशस्त्रका एसपी  लक्ष्मण सिंह भने पछि हटिसकेका थिए।

आन्दोलनकारीले प्रहरीलाई घेरबन्दी गरेर लखेटी लखेटी एसएसपी न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या गरे। यति ठूलो मानविय क्षतिको पछाडि के कारण थियो त? स्थानीय प्रत्यक्षदर्शी भन्छन्- प्रहरीसँग हतियार नहुनु, विशाल जुलुस नियन्त्रणका लागि न्यून संख्यामा सुरक्षाकर्मी हुनु र सहयोगी सशस्त्र प्रहरीले आदेश छैन भन्दै हतियार चलाउन पन्छनु।

त्यसदिन टीकापुरमा परिचालित प्रहरीसँग एक थान मात्र एसएलआर थियो। त्यही पनि नपड्किएपछि न्यषौपाने निरूपाय भएका थिए। स्रोत नागरिक दैनिक

टीकापुर घटना सम्मबन्धि थप समाचार पढनुहोस्

काे थिए एसएसपी न्यौपाने ?

उनी डिअाइजी हुन्छु भन्थें, भए तर देख्न पाएनन्

टिकापुरमा वरिष्ठ प्रहरी उपरिक्षक सहित अाठ जनाको मृत्यु

‘मैले हारेँ, दयाँ गर्नुहोस् भन्दा भन्दै भाला रोपे’

टिकापुरमा यी प्रहरीलाई कायरतापूर्वक हत्या गरियो

‘मकैबारीमा पुर्‍याएर मारिए प्रहरी’

टीकापुर किन जाँदैनन् गृहमन्त्री र आईजीपी ?

एसएसपीसहित ७ प्रहरी हत्याको अभियोगमा १० जना पक्राउ

​प्रहरी सम्मानसहित एसएसपी न्यौपानेको दाहसंस्कार

सूदुरपश्चिमका डिआइजीहरुलाई फिर्ता बाेलाइयो

प्रकाशित मिति: १३ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्