नेपालका मधेसीहरु भारतीय !


 


rajnath_singhकाठमाडौं, भदाै १४

भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालको तराई भूभागमा बसोबास गर्ने भारतीय नागरिकबारे चासो देखाएका छन्। सिंहले मधेस समस्या नेपालको आन्तरिक मामिला भन्दै त्यहाँ बस्ने एक करोड भारतीय नागरिकलाई सुरक्षित पार्नु आफ्नो चासो भएको उल्लेख गरेका छन्।

मधेसवादी दलहरुले नयाँ संविधान जारी गर्ने समयमा तराई अशान्त बनाएका बेला भारतीय गृहमन्त्रीको यस्तो भनाइ इन्डिया टुडे डट आइएनले सार्वजनिक गरेको हो। सीमावर्ती उत्तरप्रदेशको महाराजगञ्ज जिल्लामा सशस्त्र सीमा बल (एसएसबी) को नयाँ भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार भारतीय गृहमन्त्री सिंहले भने, ‘नेपालमा रहेका भारतीयको सुरक्षाप्रति सरकार सचेत छ।’

नेपालका मधेसीहरु भारतीय भएको उल्लेख गर्दै पत्रिकाले उनीहरु वर्षौंअघि बसाइँ सरेर त्यहाँ गएको जनाएको छ। त्यस्ता धेरै भारतीयले नेपाली नागरिकता पाए पनि अधिकांशले अझै नपाएको पत्रिकाले उल्लेख गरेको छ। मधेसमा रहेका जनतालाई भारतीय जनता पार्टीको एउटा समूहले लामो समयदेखि सहयोग गर्दै आएको समाचारमा उल्लेख छ।

विजेपी सांसद योगीले मधेसी अान्दोलनलाइ सघाइरहेका छन् । गोरखपुर क्षेत्रबाट लोकसभामा प्रतिनिधित्व गर्ने बिजेपी सांसद योगी आदित्यनाथले नेपाल सरकारविरुद्ध लड्न मधेसी समुदायलाई बन्दोबस्तीका सामग्री सहयोग गर्दै आएको दाबी समाचारमा गरिएको छ।

योगीले तीन दिअघि वक्तव्य जारी गर्दै नेपालमा हिन्दू राष्ट्रविरोधी विदेशी शक्ति र राजनीतिक नेतृत्वले पछिल्लो हिंसा भड्काएको आरोप लगाएका थिए। युपी, बिहार, पश्चिम बंगाल सीमावर्ती क्षेत्रमा मधेसीको जनसंख्या ३० प्रतिशत रहेको उल्लेख गर्दै समाचारमा यीमध्ये ४० प्रतिशतसँग नेपाली नागरिकता अझै नरहेको उल्लेख गरिएको छ। स्रोत नागरिकन्युज

प्रकाशित मिति: १४ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्